समाचार

माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका साथै सरकारमा सहभागी मन्त्रीहरुको विषयमा टुंगो लगाउने बताइएको छ ।

सत्ता गठबन्धन दलमध्येको एक प्रमुख दल माओवादी केन्द्रले स्थायी कमिटीबाट नै सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउने तयारी गरेको छ ।

यसअघि नै जनार्दन शर्मा र पम्फा भुसाल मन्त्रिपरिषदमा सहभागी भइसकेका छन् । अब माओवादी केन्द्रको भागमा बढीमा ५ मन्त्री पर्नेछन् । त्यसका लागि अध्यक्ष प्रचण्डलाई व्यापक दवाव छ ।

माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, देव गुरुङ, हरिबोल गजुरेल, मात्रिका यादव लगायतको नाम मन्त्री बन्नेमा चर्चा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *