कला/साहित्य

बाल वाङ्मयका अध्यक्षमा पुनः प्रधान

काठमाडौँ। बाल वाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्षमा प्रमोद प्रधान पुनः चयन भएको छ । गतशनिबार भर्चुअल माध्यमबाट सम्पन्न सो विशेष साधारण सभाबाट उहाँ अध्यक्षमा पुनः चयन भएको निर्वाचन समितिका संयोजक प्रा रामकुमार पाँडेले जानकारी दिए ।

केन्द्रका उपाध्यक्षमा विजयराज आचार्य, महासचिवमा अनन्त वाग्ले, सचिवमा मञ्जु ज्ञवाली, कोषाध्यक्षमा शान्ति सापकोटा र सदस्यहरुमा तारानिधि भट्टराई, रवीन्द्र मानन्धर, केदार श्रेष्ठ र नेत्र तामाङ चयन भएको छ ।

संस्थाले बालबालिकाका लागि कथा लेखनलगायतका कार्याशाला गर्दै आएको महासचिव वाग्लेले जानकारी दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *