खेलकुद

टोकियो ओलम्पिकमा गौरिकाले आज प्रतिस्पर्धा गर्ने

काठमाडौं । जापानमा जारी टोकियो ओलम्पिकमा आज नेपालका पौडी खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्ने छिन्।

गौरिकाले महिलाको १ सय मिटर फ्रीस्टाइलमा प्रतिस्पर्धा गर्ने छिन्। गौरिकाको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ।

१३ औं सागकी स्वर्णधारी गौरिका राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्यमा रहेकी छिन्। यस स्पर्धामा गौरिकाकै नाममा राष्ट्रिय कीर्तिमान रहेको छ ।

टोकियो ओलम्पिकमा पौडीबाट नेपालका दुई खेलाडी सहभागी छन्। एलेक्जेन्डर गाडेगार्ड शाह (एलेक्स) ले मंगलबार नै प्रतिस्पर्धा गरिसकेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *