विश्व

भारतमा कोरोना: २४ घण्टामा ४३ हजार संक्रमित, ६४० जनाको मृत्यु

काठमाडौँ । भारतमा दैनिक कोरोना संक्रमण र मृत्यु हुनेको संख्यामा गिरावट आएको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको अपडेट अनुसार २४ घण्टामा ६४० जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख २२ हजार २२ पुगेको छ ।

त्यस्तै २४ घण्टामा ४३ हजार ६५४ संक्रमित भएका छन् । भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ३ करोड १५ लाख पुगेको छ भने अहिले भारतमा ३ लाख ९९ हजार कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४१ हजार संक्रमण मुक्त भएका छन् । भारतमा अहिलेसम्म ३ करोड ६ लाख ६३ हजार संक्रमण मुक्त भएका छन् ।

त्यसैगरी भारतमा अहिलेसम्म ४४ करोड ६१ लाख ५६ हजार जनाले कोरोनाको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकरी दिएको छ ।

त्यस्तै भारतमा अहिलेसम्म कुल ४६ करोड ९ लाख नमुना परिक्षण गरिएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा १७ लाख ३६ हजार नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *