रिबन

गठबन्धन बैठक : शक्ति सन्तुलन र मन्त्री बाँडफाँटको जिम्मा शीर्ष नेतालाई

काठमाडौं । सत्तारुढ गठबन्धन दलको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पाँचदलीय बैठक तीन बुँदे प्रस्ताव पारित गर्दै सकिएको हो ।
आजको बैठकमा सैद्धान्तिक बिषयमा मात्रै छलफल केन्द्रित रहेको, शक्ति सन्तुलन र मन्त्रालय बाँडफाँटको जिम्मा शिर्ष नेताहरुलाई दिएको र न्यूनतम साझा कार्यक्रम चाँडो टुंगो लगाउन कार्यदललाई निर्देश गरेको कार्यदल संयोजक कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी गराए ।
बैठकमा नेपाली काङ्ग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रबक्ता नारायणकाजी श्रेष्ठ ,जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा। बाबुराम भट्टराई, अशोककुमार राई, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, उपाध्यक्ष दुर्गा पौडेल सहभागी थिए । गठबन्धनको बैठकमा एमाले माधवकुमार नेपाल समूहबाट डा. विजय पौडेल पनि सहभागी थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *