रिबन

एमालेको माधव नेपाल समूह तत्काल सरकारमा नजाने

काठमाडौं । एमालेको माधवकुमार नेपाल समूह तत्काल सरकारमा नजाने भएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तारुढ गठबन्धनको बैठकमा माधव पक्षका प्रतिनिधि डा.विजय पौडेलले सो जानकारी गराएका हुन् ।

अहिले आफूहरू एमाले एकतामै केन्द्रित भएकाले सरकारमा सहभागी हुन नसक्ने उनले स्पष्ट पारेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री बन्नेको सूची पठाउन आग्रह गर्दा पौडेलले त्यस्तो जवाफ दिएका हुन् ।

यद्यपि गठबन्धन सरकारलाई माधव पक्षले समर्थन नै गर्ने भएको छ । मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता माधवकुमार नेपालबीच पटक–पटक छलफल भएको थियो ।

बिहीबारभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिइने भएको छ । जसपा र माओवादी केन्द्रले मन्त्री बन्नेको सूची भोलिसम्म पठाउने भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *