समाचार

गुल्मीमा जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात घाईते

बुटवल । गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । बुधबार बिहान चन्द्रकोट गाउँपालिका अन्र्तगत शान्तिपुरबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ४५५९ नम्बरको जीप बुधबार बिहान मुसिकोट नगरपालिका ४ अन्र्तगत दोभान नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

दुर्घटनामा परि चालक सहित सात जना घाईते भएको र उनीहरुलाई उपचारका लागि एम्बुलेन्स मार्फत गुल्मी अस्पताल तम्घास ल्याईदै गरिएको छ । दुर्घटनामा परि ज्यान गुमाउनेहरुको अझै सनाखत भै नसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक गोपालचन्द्र भट्टराईले बताए।

दुर्घटना भएको जानकारी पाए लगत्तै वामी, मजुवा र सदरमुकाम तम्घासबाट प्रहरी, ससस्त्र र नेपाली सेनाको टोली घटना स्थल पुगेको थियो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । दुर्घटना भएको उक्त जीप सडकबाट तीन सय मिटर तल खसेको बताईएको छ ।

दुर्घटनाको बारेमा थप बिबरण आउन बाँकि रहेको प्रहरीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *