रिबन

प्रधानमन्त्री देउवा र प्रचण्डविच भेटवार्ता

काठमाण्डाैं। प्रधानमन्त्री शेरवहादुर देउवा र नेकपा माअेावादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे भेटवार्ता भएकाे छ।प्रधानमन्त्रीकाे सरकारी क्वार्टर वालुवाटारमा उनीहरूविच सम्वाद भएकाे हाे ।

करिव एक घण्टासम्म भएकाे भेटमा मन्त्रीपरिषद विस्तार र यसअघि गर्नुपर्ने कामकाे वारेमा चर्चा भएकाे छ।

गत असार २९ गते बनेकाे देउवा नेतृत्वकाे सरकार अहिलेसम्म पाच सदस्यीय मात्र रहेकाे छ।सरकारले पुर्णता नपाउँदा सत्तारूढ गठवन्धन यहि पेरिफेरिमा मात्र अलमलिएकाे छ।

यसलाइ पुर्णता दिने र सरकारलाइ पुर्ण क्षमतामा चलाउने भन्ने विषयमा दुवै नेता सहमत भएका छन तर सरकारलाइ कहिलेसम्म पुर्णता दिने भन्ने वारेमा भने अझै ठाेस सहमति भइसकेकाे छैन।

वालुवाटारमा भएकाे वैठकपछि गठवन्धनका नेताहरूविच सम्वाद गर्ने भनिएपनि प्रधानमन्त्री देउवा भने सिंहदरवार रहेकाे प्रधानमन्त्रीकाे कार्यालय हिंडेका छन।दिउसाे २ बजे उनले कांग्रेसकाे वैठक वुढानिलकण्ठमा राखेका छन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *