रिबन

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पौडेललाई प्रधानमन्त्री देउवाले गराए सपथ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेललाई पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।

बिहीबार बिहान १० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री देउवाले पौडेललाई शपथग्रहण गराएका हुन् ।
आफ्नो शपथग्रहणलगत्तै उपाध्यक्ष पौडेलले आयोगका नवनियुक्त सदस्यहरू रामकुमार फुयाँल र दिलबहादुर लिम्बू गुरूङलाई शपथग्रहण गराए ।

शपथ समारोहमा गृहमन्त्री बालकृष्ण खाँण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, अर्थमन्त्री जनार्दन शर्मा, स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ, मुख्यसचिव शंकरदास बैरागी, अर्थसचिव शिशिर ढुंगाना, प्रधानमन्त्री कार्यालयका सचिव बैकुण्ठ अर्याल र धनराज ज्ञवाली, राष्ट्रिय योजना आयोगका सचिव केवल भण्डारीलगायत उपस्थित थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *