जलश्रोत/उर्जा

२० युनिटसम्म बिजुली निःशुल्क दिने पक्षमा छु : मन्त्री भुसाल

धनुषा । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले बिजुलीको महसुल घटाउनुपर्ने खाँचो औल्याएकी छन् ।

नेकपा (माओवादी केन्द्र) धनुषा शाखाद्वारा बिहीबार आयोजित सम्मान कार्यक्रममा मन्त्री भुसाललले आफू २० युनिटसम्म बिजुली निःशुल्क दिने पक्षमा रहेको र यसबाट एक करोडभन्दा धेरै जनता लाभान्वित हुने बताइन् ।

अब विद्युत् सस्तो बनाउने योजना ल्याउनुपर्नेमा जोड दिँदै मन्त्री भुसालले निःशुल्क वा न्यूनतम महसुल निर्धारण गरी गरिब जनताले पनि बिजुली उपभोग गर्न पाउने वातावरण निर्माण गर्नु आवश्यक रहेको बताइन् ।

उनले आफ्नो दललाई दिगो बनाउन जनताको आवश्यकता र आकांक्षालाई ध्यान दिनु आवश्यक रहेकामा जोड दिइन् । मन्त्री भुसालले कुनै पनि कार्यका लागि मन्त्रालय धाउने प्रवृत्तिलाई निरुत्साहित गरी प्रक्रियागत ढंगले कार्य सम्पादन र पद्धतिको विकासलाई आत्मसाथ गर्नु जरुरी रहेको बताइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *