अर्थ

अर्थ मन्त्रालयले धितोपत्र बोर्डका अध्यक्ष ढुंगानासँग माग्यो स्पष्टीकरण

काठमाडौं । अर्थ मन्त्रालयले सर्वोत्तम सिमेन्टको सेयरको विषयलाई लिएर धितोपत्र बोर्डसँग स्पष्टीकरण मागेको छ।

बोर्ड अध्यक्ष भिष्मराज ढुंगानालाई प्रिमियममा आईपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्ट कम्पनीको १० हजार कित्ताभन्दा बढी सेयर छोरीको नाममा किनेको आरोप लागेको छ।

सोसम्बन्धी समाचार विभिन्न मिडियामा आएपछि बिहीबार अर्थ मन्त्रालयले ढुंगानासँग स्पष्टीकरण मागेको हो । बोर्डसँग सम्बन्धित विभिन्न मिडियामा आएको समाचार के हो ? सो स्पष्ट र तथ्यपरक विवरण तीन दिनभित्र मन्त्रालयमा पेस गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *