रिबन

यो सरकार असफल भए कहालीलाग्दो अवस्था आउँछ–प्रदीप गिरि

काठमाण्डौं । नेपाली कांग्रेसका सांसद प्रदिप गिरिले प्रधानमन्त्री शेरवहादुर देउवा सरकारलाइ जसरी पनि सफल हुनैपर्ने वाध्यता रहेको वताएका छन ।

संसदको विशेष समयमा सारगर्भित मन्तब्य दिएका छन सांसद गिरिले सत्ता गठवन्धनका नेतालाइ सम्वोधन गर्दै असफल हुने ठाउ नै नरहेको वताए । उनले भने–यो सरकार असफल भयो भने देउवा मात्र असफल हुदैनन । यो संविधान असफल हुन्छ र यो संविधान असफल भयो भने नसोचेको कहालीलाग्दो अवस्था आउँछ ।
उनले यसो भन्दा सत्ता गठवन्धनका नेताहरुको नामै तोकेका थिए । तर तिनै गठवन्धनका नेताहरुले सरकार वनेको १७ दिनसम्म पनि मन्त्रीपरिषद वनाउन सकेका छैनन । उनले सरकारले अब के गर्ने ?

कसरी जाने भन्ने रणनीति र वाटो पहिल्याउन समय लिएपनि फरक नपर्ने वताए तर यसपछि पनि असफल हुने भने छुट नै नभएको वताएका छन । सांसद गिरिले यो संविधान प्रति विमति रहेको पनि वताए तर यसको विकल्प नरहेकोले यसको वचाउमा उत्रनुको विकल्प नभएको पनि वताएका छन ।

उनले पुर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र राष्ट्रपतिले संविधानको रक्षा नै गर्न नचाहेको वताए । उनले दोस्रो पटक अदालतको आदेशबाट ब्यँुतिएको संसदमा वोल्दै भने–ओलीजीलाइ संविधानवादको शिक्षा अब दिनुपर्छ ।
सांसद गिरि यतिमा मात्र रोकिएनन उनले एमसिसि तर्फ पनि सांकेतिक भनाइ राखेका छन । उनी भन्दा पहिला वोल्ने वक्ता भीम रावलले एमसिसिसंग भएका गोप्य सवै सम्झौता संसदमा पेश गर्न माग गरेका थिए ।

यहि लहरमा उभिएर सांसद गिरिले भने–हामी गरिव छौं तर दरिद्र छैनौं ।

प्रतिनिधिसभाकाे वैठक शुन्य र विशेष समयमा सांसद वाेलेर सकिएकाे छ।अब याे वैठक साउन १९ गते मंगलवार वस्नेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *