देश

भुटानले नेपाललाई तीन लाख डोज एस्ट्राजेनेका खोप दिने, १५ दिनभित्र आइपुग्ने

काठमाडौं । भुटानले नेपाललाई तीन लाख डोज एस्ट्राजेनेका खोप दिने भएको छ । भुटानले आफ्ना देशका लक्षित समूहलाई खोप लगाइसकेपछि नेपाललाई एस्ट्राजेनेकाको खोप सहयोग गर्ने भएको हो ।

भुटानले दिने खोप मध्य अगस्टसम्म नेपाल आइपुग्ने छ । सो खोप फागुनमा पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो डोजका रुपमा दिन सकिने छ ।

आफ्ना मुलुकका नागरिकलाई खोप लगाइसकेपछि उब्रिएको करिब ३ लाख डोज नेपाललाई सहयोग गर्न भुटानले चाहेको सरकारी अधिकारीको भनाइ छ । भुटानबाट खोप ल्याउने सम्बन्धमा शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) को बैठकमा पनि छलफल भएको थियो ।

नेपाललाई जापान सरकारले १६ लाख डोज एस्ट्राजेनेका खोप अनुदानमा दिएको छ । सो खोप भदौ पहिलो सातासम्म नेपाल आइपुग्ने भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *