देश

लखर लखर हिँड्न बन्द गरौं, दोस्रो डोज खोप लगाएकालाई पनि देखियो कोरोना संक्रमण

काठमाडौं । मैले त खोप लगाइसकेको छु, मलाई केही हुँदैन भनेर भीडभाडमा जाने, मास्क नलगाउने, सामाजिक दूरी कायम नगर्ने, स्यानिटाइजर र बेलाबेलामा हात धुने, कामै नपरी लखर लखर हिँड्ने गरिएको छ भने आजैदेखि सावधान हुनु होला । किनभने नेपालमा पनि कोभिडविरुद्धको दोस्रो डोज खोप लगाइसकेकालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका–६ का उमेश दाहालले गत असार २८ गते भेरोसेलको दोस्रो डोज खोप लगाए। त्यसको दुई दिनपछि नै उनलाई ज्वरो आउने, खोकी लाग्नेलगायतका लक्षण देखियो। पहिले त उनले खोपको असर होला भन्ने लाग्यो। तर, साउन २ गते गरेको एन्टिजेन परीक्षण गर्दा उनमा कोरोना संक्रमण भएको पुष्टि भयो।

त्यसैगरी, विराटनगरका ३२ वर्षीय एक युवालाई पनि गत बुधबार कोरोना पोजेटिभ देखियो। उनले कोरोनाविरुद्धको खोप दुईवटै डोज लगाइसकेका थिए। एकाएक शनिबार घाँटी खसखसाउने, टाउको दुख्ने, रुघा लाग्ने जस्ता लक्षण देखियो। सुरुमा उनले भाइरल ज्वरो भनेर वास्ता गरेनन्। तर, पीसीआर परीक्षण गराउँदा उनमा कोरोना पोजेटिभ देखियो।

कोभिडविरुद्धको दोस्रो डोज खोप लगाउनेलाई खोप नै नलगाउने व्यक्तिमा भन्दा भाइरसको संक्रमण कमी हुने चिकित्सकहरू बताउँछन् । खोप लगाएकालाई भाइरसले कडा आक्रमण नगर्ने र चाँडै निको हुने गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *