शिक्षा / स्वास्थ्य

१ करोड ५० लाख डोज खोप खरिदको सम्झौता भयो : स्वास्थ्य राज्यमन्त्री

काठमाडौँ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले १ करोड ५० लाख डोज खोप खरिदको सम्झौता भएको जानकारी दिएका छन् ।

राज्यमन्त्री श्रेष्ठले आफ्ना सय दिनका कार्यक्रम घोषणा गर्दै आफुले राज्यमन्त्रीको पद सम्हालेपछि वयस्क तथा किशोर–किशोरी समेतलाई लक्षित गरी मोडर्ना खोप ४० लाख र जोनसोन एण्ड जोनसोन खोप ५० लाख, फाइजर ४० लाख र अस्ट्राजेनिका २० लाख गरी कुल १ करोड ५० लाख मात्रा खरिद सम्झौता भइसकेको जानकारी गराएका छन् ।

उनले एक तिहाई नागरिकलाई असोज मसान्त र सम्पूर्ण नेपाली नागरिकलाई चैत मसान्तसम्म खोप लगाइसक्ने र नेपाली जनताको जीवन रक्षा गर्नु आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन् |

राज्यमन्त्री श्रेष्ठले कोभिड–१९ को उपचारका लागि पूर्वाधारको विस्तार, जनशक्ति व्यवस्थापन, पीपीई लगायत अत्यावश्यक सामग्रीको व्यवस्थापन गरिएको र अतिरिक्त जनस्वास्थ्यकर्मीहरू परिचालन गरी कोभिड–१९ को एन्टीजेन र पीसीआर परीक्षणको दायरा व्यापक विस्तार गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *