शिक्षा / स्वास्थ्य

थपिए ३,१२५ संक्रमित, २३ जनाको मृत्यु

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार १ सय २५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २३ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर १० हजार ६ सय १३ आरटी पिसिआर र ३ हजार १ सय ९८ एन्टिजेन गरी कुल १३ हजार ८ सय ११ जनामा परीक्षण गरिएकोमा ३ हजार १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ६ सय ९० जना र भेन्टिलेटरमा १ सय ७५ जना उपचाररत छन् । मन्त्रालयका अनुसार सोमबार देशभरबाट १ हजार ९ सय २५ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख ५८ हजार १ सय २२ पुगेको छ । निको हुने दर ९४.१ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा २३ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ८ सय ९८ पुगेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *