समाचार

राष्ट्रपति भण्डारीद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेकी छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेको प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिए । सरकारले २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदले दल विभाजन गर्न मिल्ने कानून व्यवस्थासहितको अध्यादेश जारी गर्ने निर्णय गरेको थियो ।

मंगलबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेश जारी गर्ने निर्णय गरेको भएपनि राष्ट्रपति भण्डारीले भने आजमात्रै अध्यादेश जारी गरेकी हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *