
काठमाडौं । जनता समाजवादी पार्टीका असन्तुष्ट महन्थ ठाकुर पक्षले नयाँ दल दर्ताको प्रक्रिया शुरु गरेकाे छ। राष्ट्रपति विद्यादेवि भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि जसपाको ठाकुर पक्षले नयाँ दल दर्ताको प्रक्रिया शुरु गरेको हो ।
ठाकुर पक्षका नेता लक्ष्मणलाल कर्णले दिएको जानकारीअनुसार अब बन्ने दलको नाम जनता समाजवादी पार्टी लोकतान्त्रिक प्रस्ताव गरिएको छ । कर्णले सकेसम्म आजै दल दर्ताका दागि निर्वाचन आयोगमा जानेसमेत बताए । उनले भने,‘दल दर्ताका लागि अहिले छलफलमा छौं । सकेसम्म आजै निर्वाचन आयोगमा दल दर्ताका लागि जाने तयारी गरिरहेका छौं ।’
जसपाको ठाकुर पक्षमा १२ जना सांसदहरु रहेका छन् । अध्यक्ष महन्थ ठाकुरसहित नेताहरु राजेन्द्र महतो र लक्ष्मणलाल कर्णसहित १२ जना सांसद ठाकुर पक्षमा रहेका छन् ।