रिबन

नीधि कसका उम्मेदवार ?

काठमाण्डौं । के दुइ दशक देखि शेरवहादुर देउवासंग संगै रहेका महेन्द्रनारायण निधिका पुत्र विमलेन्द्र नीधिले कांग्रेस पार्टीको सभापति जित्छु भनेरै १४ औं महाधिवेशनमा उम्मेदवारी घोषणा गरेका हुन ? सभापतिको उम्मेदवार वनेका मध्ये सवैभन्दा पहिले वानेश्वरको महंगो र सुविधा सम्पन्न पार्टी प्यालेसलाइ सम्पर्क कार्यालय वनाएका नेता निधिको वारेमा अहिले प्रश्न गर्न थालिएको छ ।
पार्टी सभापति शेरवहादुर देउवासंग अलग भएर सोही क्याम्पबाट अधिवेशन लडछु भनेपछि दुइ पटक दिल्लि पुगिसकेका निधि हतारमा देखिन्छन । देउवासंग अलग हुने वित्तिकै कांग्रेसका संस्थापक नेताहरु वीपीपुत्र डा.शशांक,गणेशमान पुत्र प्रकाशमान सिंह संग उनले धेरै चरणमा सम्वाद पनि गरिसकेका छन । सामुहिक तस्वीर सामुहिक भोज पनि गरिसकेका छन । सकभर तिन राजकुमारको एकल उम्मेदवार तय गर्ने उनको चाहना पनि प्रकट भइरहेकै छ । र,सभापति देउवाले डाकेको गुटगत भेलामा वुढानिलकण्ठ पनि पुगेका छन । र,सवैभन्दा पहिला सम्पर्क कार्यालय पनि उनैले खोलेका छन । यसका वाजुद पनि प्रश्न उनैमाथि छ । र,भनिदैछ–के उनी यो रेशका जित्ने घोडा हुन ?
कांग्रेसजनलाइ राम्रोसंग हेक्का छ–निधि यसपटक अधिवेशन जित्दैनन । यो कुरा अरु त अरु स्वयम निधिलाइ पनि थाह छ । तैपनि उनी किन मच्चिएका छन । यसमा दुइथरि कुरा छ ।
एकथरि भन्छन–निधिले महाधिवेशनको अन्तिम समयमा देउवासंग सहमति गरेर पछि हटछन ।
अर्कोथरि भन्छन–निधि उठछन,हार्छन र यसैको माध्यमबाट एउटा अलग गुट वनाएर अर्को महाधिवेशनको लागि ठाउ सुरक्षित गर्छन ।
सवैका आ–आफना आंकलन र मुल्यांकन छन उनका प्रति । तर,खासमा निधि स्वयम चाहिं के गर्छन ? सवाल यो हो । नीधिको खास नीति देउवलाइ गलाउने हो । उनी सकभर देउवालाइ कमजोर देखाउने र ब्याक गराउने मुडमा देखिन्छन । यसो भएमा संस्थापन पक्षकै उम्मेदवार आफु हुन सकिने उनको योजना छ । यसको लागि भारतको सदाशयता लिनकै लागि उनी दिल्लि दौडमा छन । र,यति गर्दा पनि देउवा पछि नहटे चुनाव लडने र गुट स्थापित गर्ने दौडमा छन । किनभने यो पटक उनले गुट वनाएनन भने अर्को महाधिवेशनमा डा.शेखर वा प्रकाशमान सिंह वा संस्थापनकै अर्को उम्मेदवारले उछिन्नेछन र कहिल्यै पनि सभापति हुन पाउने छैन भन्ने विश्लेषणमा देखिन्छन । खासमा भन्ने हो भने निधि अस्तित्व रक्षाको दौडमा छन । तर,के नीधिको उम्मेदवारीले देउवा पछि हटछन । यो प्रश्न कमजोर किन देखिन्छ भने आजको मिति पनि देउवा सवैभन्दा वलिया उम्मेदवार हुन ।
रामचन्द्र पौडेल समुहमा स्वयम रामचन्द्र पौडेल देउवाको कारण नभइ उनकै टिमका सदस्यले नेता नमानेर हैरान छन । पौडेल समुका नेता पौडेल होइनन । यस समुहमा उनी वाहेक सवै नेता हुन । यदि उनीहरुले पौडेललाइ नेता मानेको भए शशांक,शेखर देखि कल्याण गुरुङ्गसम्म कसरी सभापतिको उम्मेदवार भए ? यो भनेको रामचन्द्र पौडेलको असक्षमता हो । र,यो अवस्था सिर्जना गर्न सक्नु देउवाको सक्षमता हो । यस्तो सुन्दर अवस्था भएको बेलामा देउवा कसरी ब्याक हुन्छन ? यसैले आजपनि पौडेल समुह महाधिवेशन चाहदैन । किनभने यसैपनि भारी देउवा अहिले प्रधानमन्त्री समेत भएपछि झन भारी भएका छन ।
तर,जसोतसो समुह जोगाउन र अस्तित्व जोगाउन निधि मैदानमा देखिएका छन । नत्र रामचन्द्र पौडेल वा ढुण्डीराज शास्त्रीको हालत हुने उनले देखिसकेका छन तर उनले भुलेको एउटा कुरा छ–कांग्रेसमा मधेशी नेता महामन्त्री देखि कोषाध्यक्षसम्म भएका छन तर सभापति भएका छैनन ।
अझ महत्वपुर्ण कुरा चाहिं उनी नेपाली कांग्रेसका उम्मेदवार हुन कि भारतको ? जसरी उनले जोगी,वावा,सन्त,महन्थ राखेर सम्पर्क कार्यालय उदघाटन गरे यसैबाट वुझन सकिन्छ कि उनी भारतसंग लाइन मिलाइरहेका छन भनेर । र,देउवासंग भारत रुष्ट हुनु र निधि अलग उम्मेदवार हुनु संयोग मात्र हो कि नियोजित ?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *