खेलकुद

बंगलादेशका तमिम इकबाल इपिएलमा भैरहवाबाट खेल्ने

काठमाडौँ । बंगलादेशका ब्याट्सम्यान तमिम इकबाल एभरेष्ट प्रिमियर लिग (इपिएल) मा भैरहवा ग्लाडियटर्सबाट खेल्ने भएका छन् ।

बंगलादेशका सर्बाधिक सफल ब्याट्सम्यान मध्येका एक ३२ बर्षिय इकबाल बंगलादेशको टी-२० क्रिकेटका पूर्व कप्तान समेत हुन् ।

भैरहवाबाट खेल्ने उनी तेस्रो विदेशी खेलाडी हुन् । भैरहवाले यस अघि श्रीलंकाका ओपनर उपुल थरंगा र बलर धाम्बिका प्रसादलाई अनुबन्ध गरिसकेको छ ।

चौथो संस्करणको इपिएल असोज ९ गतेदेखि २३ गतेसम्म किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट ग्राउण्डमा हुदै छ । भैरहवाको प्रशिक्षकमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दसानयेक रहेका छन् । भैरहवाको कप्तान शरद भेस्वाकर रहेका छन् भने युवा खेलाडीहरु आरिफ सेख, रोहित पौडेल, कुशल मल्ल, अविनाश बोहोरा जस्ता खेलादि रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *