समाचार

पेरुको जेलमा रहेका कम्युनिष्ट नेता गोन्जालोको रिहाई गर्न नेपालका नेताको माग

काठमाडौं । पेरुको जेलमा रहेका पेरु कम्युनिष्ट पार्टी अध्यक्ष गोन्जालोसहित उनका टोलीलाई तत्काल रिहा गर्न नेपाली कम्युनिष्ट नेताहरुले माग गरेका छन् ।

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलसहित नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले समेत गोन्जालोको रिहाइृको माग गरेका हुन् ।

नेताहरुले गोन्जालो गिरफ्तार भएपछि कम्युनिष्ट आन्दोलन नै कमजोर भएको महशुस गरेको बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *