ताजा समाचार

आज पनि बस्दै संसद बैठक, एमालेले बाेलायाे संसदीय दलकाे बैठक


काठमाडौं । आज पनि प्रतिनिधि सभाको बैठक बस्दैछ। सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएपछि पहिलोपटक बैठक बस्न लागेको हो । प्रमुख विपक्षी नेकपा एमालेको विरोधका वावजुद शुक्रबार प्रतिस्थापन विधेयकबाट बजेट ल्याएको थियो ।

संघीय संसद सचिवालयका अनुसार आइतबार दिउँसो १ बजेका लागि संसद बैठक डाकिएको छ। पछिल्लो समय प्रमुख प्रतिपक्षी दल एमालेले संदन निरन्तर अवरोध गरिरहेको छ।

सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर एमालेले विरोध गरेको छ। एमाले फुटाउन सभामुखले भूमिका खेलेको आरोप एमालेका सांसदहरूले लगाएका छन्।
आजको बैठकमा पनि विरोध हुने सम्भावना छ । यसैबीच आज नेकपा एमालेको संसदीय दलको बैठक पनि बस्दै छ । शनिबारकाे स्थाय कमिटि बैठकले मर्यादामा रहेर विराेध गर्न निर्देशित गरेकाे थियाे । साेही बारे छलफल गर्न संसदीय दलकाे बैठक बाेलाइएकाे छ । शुक्रबार राेष्ट्रम घेर्न पुगेका एमाले सांसद् र मर्यादापालकबीच घम्साघम्सी नै परेकाे थियाे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *