ताजा समाचार

संसद् कसरी चलाउने भन्नेबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बस्दै छ । आइतबार विहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।
बैठकमा संसदमा सत्तापक्षको रणनीति र मन्त्रिपरिषद विस्तारका सन्दर्भमा छलफल हुने प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले बताए ।

एमालेले लगातार संसद् अवरुद्ध गर्दै आएको छ । शुक्रबार प्रतिस्थापन विधेयकबाट बजेट ल्याएपछि आज पहिलोपटक संसद् बैठक बस्न लागेको हो । शुक्रबार एमालेले कडा विरोेधको वावजुद प्रतिस्थापन विधेयकबाट बजेट ल्याइएका थियो ।
एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै संसद अवरोध गरिरहेको छ । एमालेको विरोध कायमै रहे अब कसरी संसद् चलाउने भन्नेबारे आजको बैठकमा छलफल हुने छ ।
साथै आजको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे पनि छलफल हुने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *