समाचार

कम्युनिष्ट पार्टीमा अहंकारवाद मौलायो– माधवकुमार नेपाल

काठमाडौं । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीभित्र अहंकारवाद विरुद्ध लडनुपर्नेमा बताएका छन् ।

अध्यक्ष नेपालले नेपालको कम्युनिष्ट पार्टीहरूमा सरकारमा पुगेपछि अहंकारको घोडा चढने प्रवृत्ति मौलाएको भन्दै त्यसविरुद्ध लड्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

काठमाडौंमा भएको कार्यक्रममा अध्यक्ष नेपालले भने, ‘आफ्ना आसेपासेहरूलाई गोलबन्द गर्दै गैरकम्युनिष्ट प्रवृत्ति पनि हामी हेरिरहेका छौं । अनि सत्तामा पुगेपछि अहंकार घोडा चढ्ने प्रवृति पनि देखिरहेका छौं । र कम्युनिष्ट पार्टी भित्रैबाट यस्ता खालका गैरसर्वहारा वर्गीय चिन्तन देखिने गरेको छ । यस्ता सबै खालका गैरसर्वहारा वर्गीय चिन्तनलाई परास्त गरी जनताको मन जित्ने गरी सबै क्रान्तिकारी कम्युनिष्ट पार्टीहरूले काम गर्नु पर्दछ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *