समाचार

प्रधानन्यायाधीशले बोलाए बेन्च–बार समन्वय समितिको बैठक

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बेन्च–बार समन्वय समितिको बैठक बोलाएका छन् । संवैधानिक इजलासमा देखिएको विवाद मिलाउन प्रधानन्यायाधीश राणाले आज समितिको बैठक बोलाएका हुन् ।

स्वार्थ बाझिएको मद्दामाथि संवैधानिक इजलासमा सुनुवाई भइरहँदा प्रधानन्यायाधीश बस्न मिल्ने वा नमिल्ने विषयमा देखिएको विवाद समाधान गर्न बैठक बोलाइएको सर्र्वोच्च प्रशासनले जनाएको छ ।

संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यस अनुसार गरिएको नियुक्तिविरुद्ध परेको रिटमाथि हुने पहिलो र अन्तिम सुनुवाईमा प्रधानन्यायाधीश राणाले नबस्ने घोषणा गरेका थिए ।

तर, सर्वोच्चका न्यायाधीश हरि फुँयालले प्रधानन्यायाधीश विना इजलास गठन नहुने भन्दै मुद्दाको सुनुवाई रोक्न अन्तरिम आदेश दिएका थिए ।

समितिको बैठकमा सर्वोच्च बार एसोसिएसनका अध्यक्ष, नेपाल बार एसोसिएसनका अध्यक्ष, पूर्व अध्यक्षसहित ५ जनाले सहभागिता जनाउने छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *