समाचार

खोलामा आएको बाढीले बगाउँदा एक महिला बेपत्ता

रुकुम।रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा खोलामा आएको बाढीले बगाउँदा एक महिला बेपत्ता भएकी छिन् । ६ नम्बर वडाको अँधेरीखोलाले सोही गाउँपालिका १३, कि ४० वर्षीया हिरा विकलाई बगाएको हो ।

खोला तर्ने क्रममा विकलाई खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गणेशबहादुर श्रेष्ठले जानकारी दिए ।

प्रहरी चौकी हुकाम र इलाका प्रहरी कार्यालय प्वाङले उनको खोजी कार्यमा जारी राखेको प्रहरीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *