रिबन

पाैडेल भन्छन-महाधिवेशनमा धाँधली भाे,मान्दिन

काठमाण्डाैं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले शक्तिको दुरुपयोग गरेर पार्टी कब्जा गर्ने दुस्साहस गरेको आरोप लगाएका छन् । कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता पौडेलले प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेर पार्टी कब्जा गर्ने दुस्साहस गरेको आरोप लगाएका हुन् ।पार्टीको १४औँ महाधिवेशन कार्यक्रमअन्तर्गत भएका वडा अधिवेशनमा देउवाले शक्तिको दुरुपयोग गरेको नेता पौडेलको भनाइ छ । उनले भनेका छन- वडा अधिवेशनहरू भयो भनेर नाटक रच्न खोजिएको छ। धाँधलीका प्रपञ्च रच्न, यसरी सत्ता र शक्तिको दुरूपयोग गर्न कांग्रेसजस्तो पार्टीलाई सुहाउँदैन। यसलाई मान्दैनौं।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *