शिक्षा / स्वास्थ्य

थप १४८६ जनामा कोरोना पुष्टि, १२६० जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ४८६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १२ हजार ५३२ र एन्टिजेन विधिबाट ४ हजार ७ जनामा परिक्षण गर्दा १ हजार ४८६ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ७८ हजार ३१२ र एन्टिजेनबाट ८७ हजार ३१ जना पुगेको छ ।

देशभर अहिले २६२ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा १२५३२ पिसिआर र ४००७ नमुना एन्टीजेन परिक्षण गरि कुल १६ हजार ५३९ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २६ हजार ६३० पुगेका छन् ।त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा १ हजार ६७२ जना रहेका छन् भने होम आइसोलेसनमा २४ हजार ९५८ रहेका छन् ।

त्यस्तै अहिले नेपालमा ४७५ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका मध्ये १३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।यस्तै, आज थप १२६० जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ४० हजार ७१७ जना पुगेको छ । निको हुनेको दर ९५.२ प्रतिशत छ ।

आज संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या १० हजार ९६५ पुगेको छ ।

त्यस्तै काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ४२६ जना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा सबैभन्दा बढी ३०१ जना संक्रमित थपिएका छन् भने भक्तपुरमा ५७ र ललितपुरमा ६८ संक्रमित थपिएका छन् ।

त्यस्तै उपत्यकामा अहिले ६ हजार ४१८ जना सक्रिय संक्रमित रहेका छन् । जसमा काठमाडौँ जिल्लामा ३ हजार ४५८, भक्तपुर जिल्लामा १११८ र ललितपुर जिल्लामा १८४२ सक्रिय संक्रमित रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *