खेलकुद

अमेरिकाविरुद्ध नेपाललाई पहिलाे सफलता

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक श्रङ्खलाअन्तर्गत नेपालले पहिलो खेलमा अमेरिकाविरुद्ध अहिले फिल्डिङ गरिरहेको छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा अमेरिकाले टस जितेर पहिला ब्याटिङ रोजेपछि बलिङको निम्तो पाएको नेपालको लागि पहिलो सफलता मिलेको छ । नेपालका बलर बिक्रम शोवले अमेरिकाका स्टेभेन टेलरलाई १४ रनमा कुशल भूर्तेलबाट क्याच आउट गराएका हुन् । हाल ५ ओभरको खेल सकिँदासम्म अमेरिकाले १ विकेटको पतनमा १९ रन जोडेको छ ।

नेपालले अमेरिकासँग खेल्नु अघि पपुवा न्युगिनीसँग दुई एकदिवसीय खेल खेलेको थियो । नेपालले दुवै खेलमा पपुवा न्युगिनीलाई पराजित गरेको थियो । अमेरिकाले पनि नेपालसँग खेल्नुअघि पपुवा न्युगिनीसँग दुई एकदिवसीय खेल खेलेको थियो । अमेरिकाले दुवै खेल जितेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *