रिबन

एमसीसी रोक्न चिनियाँ लगानी कति प्रभावकारी

काठमाडौं । कम्युनिष्टहरुले यतिबेला सडकमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध सडक नाटक मञ्चन गरिरहेका छन् । विशुद्ध यो एउटा विकासे परियोजना हो, यो परियोजना सम्पन्न भएपछि ऊर्जाको क्षेत्रमा ‘क्रान्ति’ हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि ‘कू तर्क’ गरेर परियोजनाको हुर्मत लिने काम भइरहेको छ । त्यसका लागि कम्युनिष्टहरु गोटीका रुपमा उपयोगी सावित भएका छन् ।

विकास निर्माणको पूर्वाधारविरुद्ध राष्ट्रियताको दुहाइ दिँदै मुठ्ठीभर कम्युनिष्टहरु विरोधमा उत्रिएको यो पहिलो घटना होइन । अरुण तेस्रो परियोजना एमालेले तुहाएको हो । त्यसबेला अरुण तेस्रो परियोजना निर्माण भइदिएको भए नेपाली जनताले लामो समयसम्म लोडसेडिङको मार खेप्नु पर्ने थिएन । राष्ट्रियताको दुहाइ दिने तत्कालीन एमाले महासचिव माधवकुमार नेपाल परियोजना रोक्न सफल त भए, त्यसले देशलाई कति नोक्सान पु¥यायो भनेर हिसाब किताब गर्न तयार छैनन् ।

विदेशबाट पैसा ल्याएर गैरसरकारी संस्था चलाउने संस्कार एमालेमा हाबी छ । अहिले पनि धेरै कम्युनिष्ट नेताहरु गैरसरकारी संस्थाबाट पार्टी राजनीतिमा छन् । अरुण तेस्रो तुहाउन विदेशीले नै लगानी गरेका थिए । एमाले गोटीका रुपमा प्रयोग भयो, देश र जनतालाई नर्कमा धकेलेर पार्टी र सीमित व्यक्तिले फाइदा लिए ।

एमसीसीमा पनि त्यही घटना पुनरावृत्ति हुँदैछ । विद्युत प्रशारण लाइन र पुर्वाधार विकासमा सहयोगका लागि आएको एमसीसी परियोजनाको विरोध गर्दा पनि राष्ट्रियको दुहाइ दिइएको छ ।

अमेरिकी सहयोग छिमेकी मुलुक चीनलाई ‘हजम’ भएन । एमसीसीका विरुद्ध चीनले बेल्ट एन्ड रोड इनिसेटिभ (बीआरआई) परियोजना अघि सारेको थियो । एमसीसी रोक्न त्यो परियोजना खासै प्रभावकारी भएन । त्यसैले चीनले पनि भारतीयहरुले अरुण तेस्रो परियोजना तुहाउँदा प्रयोग गरेकै सूत्र अपनाए । सूत्र भनेकै कम्युनिष्टहरु ‘गोटी’ का रुपमा परिचालन गर्ने ।

कम्युनिष्ट नेताहरुको खल्तीमा नगद हाल्दिएपछि सडक र सदन दुवैमा प्रभावकारी हुन्छ भन्ने निष्कर्ष चिनियाँहरुले निकाले । सोही निष्कर्ष बमोजिम चर्को र खरो बोल्ने कम्युनिष्ट नेताहरुलाई चिनियाँहरुले लगानी गरेका छन् । कम्युनिष्टहरु मात्र होइन, चिनियाँहरुको पहिलेदेखि नै ग्रिपमा रहेका राजावादीहरुलाई समेत एमसीसी विरुद्ध उतारिएको छ ।

एमाले, माओवादी, नेकपा समाजवादी र राजावादीलाई चिनियाँ आर्थिक सहयोगमा यतिबेला एमसीसीविरुद्ध सडकमा उतारिएको छ । एमसीसीको चर्को विरोध गर्नेहरुमा एमालेबाट भीम रावल, नेकपा समाजवादीबाट रामकुमार झाक्री, माओवादीबाट कृष्णबहादुर महरा, नारायणकाजी श्रेष्ठ, देव गुरुङ, लीलामणि पौडेललगायतका नेताहरु छन् । तत्कालीन सञ्चारमन्त्री कृष्णबहादुर महराले चिनियाँहरु पैसा डिल गरेको अडियो त्यही बेला सार्वजनिक भएको थियो ।

चिनियाँ लगानीको रहस्य पार्टी पंक्तिले व्यापक हुन थालेपछि उनीहरु स्वर केही धिमा भएको छ । उनीहरुको स्वर धिमा हुन थालेपछि चिनियाँहरुले अर्को तुरुप प्रयोग गरेका छन् । सडक तताउनका लागि चिनियाँहरुले विप्लपलाई रोजेका छन् । विप्लपको पार्टीले सोमबारदेखि नै सडकमा रमिता देखाउन थालेको छ । हेर्दै जाऊ यो रमिता कहिलेसम्म हेर्न पाइन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *