रिबन

फतिमा फर्के लगत्तै अमेरिकी राजदुतकाे कडा भनाइ सार्वजनिक,रिसायाे अमेरिका

काठमाण्डाैं। चार दिनसम्म नेपालमा राजनीतिक भेटघाट गरेकी मिलेनियम च्यालेन्ज कर्पाेरेशनकी उपाध्यक्ष फतिमा सुमार साेमवार स्वेदश फर्केकी छिन । एमाले अध्यक्ष केपी शर्मा अेालीबाट प्रारम्भ भएकाे उनकाे भेट मधेशी नेतासम्मलाइ भेटेर सम्पन्न भयाे।

चार बर्ष देखि अलपत्र परेकाे एमसिसिकाे सन्दर्भमा चलेकाे गलत अफवाह मेटाउन उनले नेपाल भ्रमण गरेकी थिइन।तर चार दिने याे भ्रमणले एमसिसिकाे प्रत्याभुति गरयाे ? वा झन याे विषय गिजाेलियाे ?

फतिमा फर्के लगत्तै नेपाल स्थित अमेरिकी राजदुत रयाण्डी वेरीले ट्विट गर्दै फतिमाले एमसिसिमा वारेमा नेपालमा चलेको गलत हल्ला चिर्न भुमिका खेलेको जनाएका छन। उनले लेखेकाछन,‘तथ्य सहितको वार्तालाप र सम्वाद लोकतन्त्रको सुन्दर पक्ष हो । र, सत्य के हो भने एमसिसि कार्यक्रम गरिवि निवारण गर्न, विद्युत विकास गर्न तथा सडकको स्तर वृद्धिको लागि तयार पारिएको हो ।’

नेपालस्थित अमेरिकी राजदुतले थप तथ्य पनि सार्वजनिक गरेका छन । उनले गलत सुचना फैलाइएको समेत भनेका छन । राजदुतको यहि सूचनालाइ थप पुष्टि गर्ने गरि फतिमाले पनि सहि थपेकी छिन। उनले चार दिनसम्मको नेपाल वसाइ सुन्दर भएको वताएकी छिन । उनले नेपाली जनता र सरकारलाइ एमसिसिले कसरी गरिवि निवारण गर्न मद्धत गर्छ भनेर वार्ता गर्ने वातावरण वनाएकोमा धन्यवाद भनेकि छिन । उनले अझ अघि भनेकी छिन,‘नेपालमा फेरि घुम्न पाउँदा खुशी लाग्यो । सुन्दर देश,सहृदयी जनता।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *