राजनीति

प्रदेश नम्बर एक सरकार अल्पमतमा, नेकपा एकिकृत समाजवादीले फिर्ता लियो समर्थन

विराटननगर । नेकपा एकिकृत समाजवादी पार्टीले प्रदेश नं १ सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

प्रदेशसभा सचिवालयमा नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएको पत्र दर्ता गराएको हो । पार्टीका प्रदेशसभा सदस्य सावित्राकुमारी रेग्मीले प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीलाई समर्थन फिर्ता लिएको पत्र दर्ता हस्तान्तरण गर्दै दर्ता समेत गरेकी छन् ।

दर्ता नम्बर१४७ को पत्रमा एकीकृत समाजवादीले वर्तमान सरकारलाई आफ्नो दलका तर्फबाट रहेको समर्थन नरहेको विवरण उल्लेख गरेको छ ।

यसअघि आज एकीकृत समाजवादीको प्रदेश नम्बर १ को संसदीय दलको नेतामा राजेन्द्र राईलाई चयन गरेको थियो । समर्थन फिर्ता लिएसँगै प्रदेश नबरु एक सरकार अल्पमतमा परेको छ । एक नम्बर प्रदेशसभामा नेकपा एकीकृत समाजवादीको प्रदेशसभामा १० जना सांसद रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *