अर्थ

दलहरुका बिचमा छलफल गरेर एमसीसी सम्झौता अनुमोदन गर्नुपर्छ– बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले राजनीतिक दलहरुका बिचमा छिटो सहमति गरेर एमसिसी अनुमोदन गर्नुपर्ने बताएका छन्।

गोरखामा भएको पत्रकार भेटघाटमा उनले एमसीसी अनुमोदन हुनुपर्ने बताएका हुन् । उनले भने,‘राजनीतिक दलहरुले छिटोभन्दा छिटो सहमति गरेर यो सम्झौतालाई अनुमोदन गर्नु नै राष्ट्रिय हितमा हुन्छ।’

उनलै एमसीसीका बारेमा जनस्तरमा भ्रम सिर्जना भएको भन्दै ‘राष्ट्रिय सहमतिबाट एमसीसी टुंगो लगाउनुपर्ने समेत बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *