रिबन

आईसीसी क्रिकेट विश्वकप लिग–२ : नेपाल ५ विकेटले विजयी

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाइ ५ विकेटले पराजित गरेको छ ।

ओमनमा भएको खेलमा नेपालले अमेरिकाले दिएको २ सय ३१ रनको विजयी लक्ष्य ४९ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टाएको हो ।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ८४ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्ल १७ रनमा पभेलियन फर्कदा रोहित पौडेलले ६२ रन बनाए । विनोद भण्डारीले ३७ रन बनाउँदा आशिफ शेख २३ रन बनाए भने कुशल मल्ल एक रनमै आउट भए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *