समाचार

भोलि रातीदेखि सरकारी खर्च रोकिनसक्ने, कर उठाउन विषेश व्यवस्था रहेको अर्थमन्त्रीको दाबी

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आजसम्म प्रतिस्थापन विधेयक पारित नभएका कारण केहीदिन सरकारी खर्च रोकिनसक्ने बताएका छन् ।

अघिल्लो सरकारले जारी गरेको अध्यादेश संसद बैठक शुरु भएको ६० दिनभित्र प्रतिस्थापन विधेयकमार्फत पारित गर्नुपर्ने भएपनि एमालेको अवरोधका कारण आज विधेयकमाथि सैद्धान्तिक छलफल मात्रै भएको छ ।

संसदको अर्को बैठक असोज ४ गतेका लागि बोलाइएको छ । तर एमालेले निरन्तर संसद बैठक अबरुद्ध गर्दै आएको छ । एमालेको अवरोध हटाउनका लागि पहल गर्ने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । उनले भने,‘वार्ता सहमति गरिरहेका छौं । सहमति हुँदा सहमतिअनुसार गछौं । सहमति नहुँदा नियमित प्रक्रियाअनुसार विधेयक पारित हुन्छ ।’

प्रतिस्थापन विधेयक पारित नभएपछि सरकारी खर्च रोकिनसक्ने मन्त्री शर्माले बताए । संसदमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदै मन्त्री शर्माले भने,‘वार्ता संवाद भइरहेको छ । कर उठाउने विषेश व्यवस्था छ । त्यसअन्तर्गत कर उठिरहन्छ । खर्च गर्नका लागि ५/७ दिन रोकिनुपर्ने अबस्था आयो भने रोकिन्छ ।’

एमालेको अवरोधका कारण प्रतिस्थापन विधेयक पारित नहुँदा सरकारी खर्च रोक्नुपर्ने अबस्था आएको उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *