समाचार

पहिरोले कर्णाली राजमार्ग अवरूद्ध

सुर्खेत । पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ। मंगलबार बिहान पहिरो खसेपछि कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–५ पादुकाखोला–पाल्तडा खण्डको चिसा खोलामा सडक अवरूद्ध भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख अनुप श्रेष्ठले अवरूद्ध सडक सञ्चालन गर्न डोजरले पहिरो पन्छाइरहेको बताए। सडक सञ्चालन हुन अझै केही समय लाग्ने बताइएको उनले बताए।

सडक अवरूद्ध हुँदा सुर्खेत झर्ने र जुम्ला, कालीकोट जाने सवारीसाधन बीच बाटोमा नै रोकिएका छन्। सवारीसाधन रोकिँदा यात्रुहरूको विचल्ली भएको छ। सडक अवरूद्ध भएपछि गाडीहरू जाममा परेका छन् भने खाना खान नपाउँदा यात्रुहरूको बिजोक भएको सवारी चालक विष्णु खड्काले बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *