समाचार

असोज दोस्रो सातादेखि दशैंको टिकट खुलाउने तयारी, शुक्रबारसम्म टुङ्गो लाग्ने

काठमाडौं ।यातायात व्यवस्था विभाग र यातायात व्यवसायीले दशैं नजिकिंदै गएपछि अग्रिम टिकट बुकिङबारे छलफल थालेको छ। विभागका प्रवक्ता लोकनाथ भुसालले यातायात व्यवसायीहरूसँग मंगलबारदेखि छलफल सुरु गरेको बताए।

भुसालका अनुसार असोजको दोस्रो सातादेखि बुकिङ खोल्ने कि भन्ने छ। तर‚ अहिले नै केही निर्णय नभएको उनले बताए। ‘छलफल भइरहेको छ,’ प्रवक्ता भुसालले भने‚ ‘अबको एक दुई दिनमा कहिलेबाट खोल्ने समयकाे टुंगो लाग्छ।’ 

दशैँको बेला यात्रुलाई सुरक्षित ढंगले गन्तब्य सम्म पुर्‍याउने उनको भनाइ छ। कोभिड-१९  महामारीभन्दा अगाडि दशैंमा करिब २१ लाख यात्रुले उपत्यका छाड्ने गरेका थिए। तर‚ कोभिड संक्रमण फैलिएपछि गत वर्ष उपत्यका छाड्नेको संख्या घटेको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *