रिबन

सर्वाेच्चकाे अन्तरिम आदेश : साेम पाण्डे र शारदा भट्टलाई माधवकाे पार्टी जान बाटाे खुल्ला (आदेशकाे पत्र सहित)

काठमाण्डाैं। एमाले सांसद साेमप्रसाद पाण्डे र शारदा भट्टलाई एकिकृत समाजवादी पार्टि राेज्न बाटाे खुल्ला भएकाे छ। सर्वाेच्च अदालतले मंगलवार यसवारेमा परेकाे रिटमा सुनुवाइ गर्दै यस्ताे आदेश दिएकाे हाे ।

एमाले विभाजनपछि नेकपा एकिकृत समाजवादीमा साेमप्रसाद पाण्डे र शारदादेवी भट्ट जान खाेज्दा निर्वाचन आयाेगले अस्वीकार गरेपछि यी दुई सांसदले सर्वाेच्च अदालतमा निवेदन दिएका थिए। गत भदाै ८ गते उनीहरूले दिएकाे निवेदनमा सुनुवाइ गर्दै यस्ताे अन्तरिम आदेश दिएकाे हाे । अदातलले नया दल राेजेकै भरमा कारवाही नगर्न न्यायाधीश द्धय इश्वर प्रसाद खतिवडा र नहकुल सुवेदीकाे इजलाशले आदेश दिएकाे हाे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *