समाचार

दैलेखमा एक शिक्षकको विभत्स हत्या

काठमाडौँ । दैलेखमा एक शिक्षकको विभत्स हत्या भएको छ । सोमबार राति गुराँस गाउँपालिकाको मालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षक नगेन्द्र बिसीको हत्या भएको हो । प्रहरीका अनुसार उनको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शिक्षकको शव भेटिएको छ ।

आफैले पढाउने स्कूलको प्रांगणमा विभत्स हत्या भएको अवस्थामा उनको शव फेला परेको थियो । हत्या कसले र किन ग¥यो भन्ने यकिन नभएको दैलेख प्रहरीले जनाएको छ । हिजो बिहान दूध पु¥याउन बजार जाँदै गरेका स्थानीयले शिक्षक बिसीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । हत्याको आशंकामा प्रहरीले दुई जना व्यक्तिहरुलाई पक्राउ गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *