रिबन

बजेट हाेलि डे-तर सरकारलाई खास असर नपर्ने

काठमाण्डाैं। सरकारले बजेट पास गर्न नसकेपछि बजेट माथि संकट देखा परेकाे छ । केपी ओली सरकारले ल्याएकाे बजेटलाई विस्थापन गर्दै नया बजेट शेरवहादुर देउवा सरकारले ल्याए पनि यसलाई पनि सरकारले पास गर्न सकेन । पुरानाे बजेटकाे अस्तित्व नरहेकाे र नयाँ बजेट पास नभएकाे अवस्थामा अब सरकारले कसरी पैसा खर्च गर्छ भन्ने नयाँ बहश भएकाे छ । मंगलवार राति देखि सरकारले बजेट चलाउन पाउदैन तर सरकारले यसबीचमा नया चलाखी भने गरिसकेकाे छ । अर्थस्राेतका अनुसार सरकारले दैनिकप्रशासन सञ्चालन र तलब भत्ताकाे लागि सरकारले चेक तयार पारिसकेकाे छ । यसअनुसार भदाै महिनाकाे तलव भत्ता निकासामा कुनै समस्या पर्ने छैन । सरकारलाई असाेज महिना देखि मात्र समस्या पर्ने हाे तर असाेजकाे तेस्राे साता देखि दशैं सुरू हुनेछ । यसवीचमा यदि वजेट पास भएन स्वयम कर्मचारी बाट नै अत्यधिश दवाव हुनेछ जसले गर्दा अहिले सदन राेकिरहेकाे एमाले सहमति गर्न वाध्य हुनेछ । यदि याे पनि सम्भव भएन भने सरकारले बल प्रयाेग गरेर पनि वजेटपास गर्नेछ।

अझ राेचक पक्ष त के छ भने संसद र कानुन दुवै राम्राे संग वुझेका एकजना कर्मचारीका अनुसार,विगतमा पनि खर्च गर्न विशेष विधयेक भन्दै एकै बर्ष तिन वटा विधयेक सम्म ल्याएकाे थियाे। लामाे समय संसद सचिवालयकाे कानुनी सल्लाहकार भएका र हाल कानुन मन्त्रालयमा रहेका सहसचिव टेकप्रसाद ढुंगानाकाे कुरा निकै अर्थपूर्ण छ। उनले भनेका छन-बजेटमाथिको अत्यधिक राजनितीले गर्दा एकै आर्थिक वर्षमा ३ पटक सम्म खर्च गर्ने विशेष विधेयक ल्याएको थियो विगतमा । बजेट सुनिश्चित गर्न जेठ १५ गते बजेट अनिवार्य गरियो संविधानमा। राजनीतिक अस्थिरता र बजेट राजनीति नानी देखि लागेको बानी संविधानले के धानोस ! जय होस संविधानको ! आकाश खस्न लागेको होईन। कुनै संकट आउदैन। ढुक्कले सुते हुन्छ। जस्तो सुकै संकट पचाउछ यो धर्तीले। संविधान विना त चलेको देश जाबो बजेट ! भदौको चेक काटी सक्या छ। असोजको काट्ने बेला नाराको बीच पनि विनियोजन विधेयक पास भई हाल्छ हेर्नुहोला ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *