अर्थ

सानिमा लाइफ इन्स्योरेन्सको सर्वाधिक १२ करोड ४९ लाख बराबरको शेयर खरीदविक्री

काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार बजार खुलेको सवा दुई घण्टामा कारोबारमा आएका २१६ ओटा कम्पनीमध्ये सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको शेयर सर्वाधिक खरीदविक्री भएको छ ।

सो अवधिमा कम्पनीको रू. १२ करोड ४९ लाख बराबरको शेयर खरीदविक्री भएको हो । यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७०१ मा कारोबार भइरहेको छ । कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आएको बुधवार अर्थात् आज १०औं दिन हो ।

कारोबारमा आएकै दिनदेखि नवौं दिनसम्म पोजेटिभ सर्किट लागेको कम्पनीको शेयर बुधवार भने घटेको छ । कम्पनीको शेयरमूल्य वृद्धि भएसँगै आईपीओमा परेको शेयर विक्री गर्ने हावी हुँदा शेयरमूल्य घटेको हो ।

साथै, बजार बुलिस ट्रेण्डमा रहेकाले अझै बढ्ने आशमा शेयर खरीद गरिहेका छन् भने कतिपयले आईपीओमा परेको शेयर विक्री गरेकाले यस कम्पनीको सर्वाधिक शेयर खरीदविक्री भएको देखिन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *