राजनीति

माधव नेपालको पार्टीको विधान भीम रावलले लेखेको खुलासा

काठमाण्डौं । एमाले विभाजनमा भीम रावलले अन्तिम समयमा माधव नेपाललाई साथ दिएनन । तर,पार्टी फुटाउन उनको योगदा भने निकै ठूलो रहेको खुलेको छ । एमाले नेताहरुका अनुसार,माधव नेपालको दलको विधान समेत भीम रावलले लेखेका हुन ।

माधव नेपालले केपी शर्मा ओलीसंग सम्वाद गरि सहमतिको सुत्र पत्ता लगाउन प्रयत्न गर्दा नेता रावल भने नया पार्टीको विधान तयार पार्न ब्यस्त थिए । एमाले नेता सोमप्रसाद पाण्डेले दिएको जानकारी अनुसार,रावलले अलग दलको विधान तयार पारेको जानकारी पाएपछि यसको विरोध भएको थियो ।यसपछि पाण्डेले रावललाई यस्तो काम नगर्नुस भनेर विधान वनाउन अवरोध समेत गरेका थिए ।

तर,रावलले आफनो अडान छाडेनन । तर,यता नेता सुरेन्द्र पाण्डे भने अचानक चुनाव भयो भने अलपत्र परिन्छ भनेर केही युवालाइ अगाडि सारेर निर्वाचन आयोगमा दल दर्ता गराएका थिए ।

तर अन्तिम समयमा यिनै नेताले माधव नेपालको साथ छाडेका छन । एमालेमा तिक्तता बढदा खुटटा कमाउन पाइदैन भनेर माधव नेपालाई चुनौती दिने अष्टलक्ष्मी शाक्य,भीम रावल,सुरेन्द्र पाण्डे नै अन्तिम समयमा माधव नेपाल छाडेर केपी ओलितिर लागेका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *