समाचार

सरकारले बजेटलाई महत्व नदिँदा संकट : एमाले

काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले सरकारले बजेट पारित गर्ने कुरालाई महत्व नदिँदा सरकारी खर्च व्यवस्थापनमा गम्भीर संकट उत्पन्न भएको जिकिर गरेको छ।

महासचिव ईश्वर पोखरेलले बुधबार विज्ञप्ति जारी गर्दै सरकार सत्ता स्वार्थमा अलमलिँदा अहिलेको अवस्था आएको बताएका हुन्।

‘गठबन्धन सरकार र पुनःस्थापित प्रतिनिधिसभाको सर्वाधिक महत्वको कर्तव्य संवैधानिक र कानुनी व्यवस्थाअनुरुप बजेट अध्यादेशलाई संसदमा प्रस्तुत गरी पारित गर्नुपर्दथ्यो। तर सरकारले प्रतिनिधिसभा बैठक सुरु भएपछि बजेट पारित गर्ने कुरालाई महत्व नदिई सत्ता स्वार्थमा अलमलिँदा सरकारी खर्च व्यवस्थापनमा गम्भीर संकट उत्पन्न भएको छ । पोखरेलले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘बजेट पारित गर्ने प्रमुख दायित्व रहने बर्षे अधिवेशन, बजेट अध्यादेश अलपत्र पारेर हठात अन्त्य गरियो।’

बजेट पास नगर्दा सरकारले राज्यको ढुकुटीबाट आज राति १२ बजेदेखि खर्च गर्न पाउँदैन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *