अर्थ

असोज पहिलो सातादेखि हवाई टिकट खुला गर्ने तयारी

काठमाडौं। वायुसेवा सञ्चालक संघले असोजको पहिलो सातादेखि अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी गरेको छ । यसको लागि शुक्रबार बैठक बस्न लागेको संघका प्रवक्ता योगराज कँडेलले जानकारी दिए।

दशैं, तिहार तथा छठ पर्वका लागि उपत्यका छाड्ने यात्रुका लागि हवाइ सेवा तर्फको अग्रिम टिकट बुकिङ असोज पहिलो सातादेखि खुला गर्ने तयारी भएको प्रवक्ता कँडेलले बताए।वर्षातका कारण स्थल मार्ग (सार्वजनिक यातायात) तर्फ ठाउँ–ठाउँमा सडक अवरोध हुँदा त्यसको प्रत्यक्ष चाप हवाई सेवामा पर्छ,’ प्रवक्ता कँडेलले भने,‘त्यसैले यसबारे विस्तृत निर्णय शुक्रबारको बैठकले गर्ने छ । बैठकमा जहाज थप्नु पर्ने, बुकिङ कहिलेदेखि खुला गर्ने भन्ने विषयमा निर्णय हुन्छ ।’

उनका अनुसार आन्तरिक उडानतर्फ १३ कम्पनीका ४८ उडानतर्फ दैनिक १५० माथिको नियमित उडान हुँदै आएको छ । दशैं, तिहार र छठमा हवाई यात्रुको चाप उच्च देखिने हुँदा थप जहाज थप्नुपर्ने देखिएको उनले बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *