रिबन

देशभर १ हजार ७६० संक्रमित थपिए, सात जनाको मृत्यु

काठमाडौँ । नेपालमा थप १७६० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल १३३२ र एन्टीजेन परिक्षणबाट ४२८ गरि कुल १७६० जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १२२० जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९५.२ रहेको मन्त्रालयले जनाएको छ ।

देशभर अहिले २१८ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा १२५२४ पिसिआर र ४३२० नमुना एन्टीजेन परिक्षण गरि कुल १६ हजार ८४४ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २६ हजार २०२ पुगेका छन् ।

त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा १ हजार ५१२ जना रहेका छन् भने होम आइसोलेसनमा २४ हजार ६९० रहेका छन् ।त्यस्तै अहिले नेपालमा ४५३ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका मध्ये १३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९९१ पुगेको छ ।

त्यस्तै काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ४०४ जना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा सबैभन्दा बढी २९४ जना संक्रमित थपिएका छन् भने भक्तपुरमा ४८ र ललितपुरमा ६२ संक्रमित थपिएका छन् ।

त्यस्तै उपत्यकामा अहिले ६ हजार २५३ जना सक्रिय संक्रमित रहेका छन् । जसमा काठमाडौँ जिल्लामा ३ हजार ३४०, भक्तपुर जिल्लामा १०७८ र ललितपुर जिल्लामा १८३५ सक्रिय संक्रमित रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *