समाचार

त्रिभुवन विश्वविद्यालय परिसरमा ग्लोबल आइएमई बैंकद्वारा वृक्षारोपण

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा विश्वविद्यालय क्याम्पस प्राणी शास्त्र (जुलोजी) विभाग परिसरमा वृक्षारोपण गरिएको छ ।

वृक्षारोपण कार्यक्रममा विश्वविद्यालय जुलोजी विभाग प्रमुख प्राध्यापक तेजबहादुर थापा तथा ग्लोबल आइएमई बैंक कीर्तिपुर शाखा प्रबन्धक शोभा न्यौपानेले संयुक्त रुपमा वृक्षारोपण गरेका छन् ।

उक्त परिसरको हरियाली दृश्य र स्वच्छ विश्वविद्यालय परिसर निर्माणको अभियान अन्र्तगत विभागीय भवनदेखि मूल सडकसम्म करिब १०० चाँप, धुपी तथा विभिन्न प्रजातिका विरुवाहरु रोपण गरी विरुवाको सुरक्षाको लागि ‘ट्रि गार्ड’ समेत लगाइएको बैंकले जनाएको छ ।

कार्यक्रममा विश्वविद्यालय जुलोजी विभागका प्राध्यापक डा. राजेन्द्रप्रसाद पराजुली र प्रेमबहादुर बुढा, प्राध्यापकहरू डा. विष्णुप्रसाद भट्टराई, पिताम्बर ढकाल र सन्तोषी श्रेष्ठ लगायत विभाग अन्तर्गतका विद्यार्थीहरु एवम् बैंकका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *