समाचार

पञ्चेबाजा र -यालीसहित वडा कार्यालय उद्घाटनमा मेयरको बेग्लै फुर्ती

नुवाकोट । निर्वाचित भएको चार वर्ष बितिसक्दा पनि जनताले अनुभूत गर्ने एउटा काम गर्न नसकेका नुवाकोट बेलकोटगढी नगरपालिकाका मेयर राजेन्द्र रमण खनालले वडा नं. ६ को कार्यालय उद्घाटनका बेला रमितै देखाए ।

स्वय आफ्नो भवन नभएकाले नगरपालिका अरुसँग आश्रय लिएको छ । तर मेयर खनालले वडा कार्यालयको उद्घाटनमा देखाएको रमिता हेर्दा लाग्थ्यो, उनले आफ्नो चार वर्षे कार्यकालमा सबैभन्दा ठूलो उपलब्धि हासिल गरेका छन् ।

वडा कार्यालय उद्घाटनका बेला पञ्चेबाजा मात्र थिएन, राष्ट्रिय झण्डा बोकेका लाभालस्कर एकातिर थियो त्यो रमझमको श्रव्य दृश्य संकलन गर्ने टोली थियो भने अर्कोतिर मोटरसाइकल र्याली र नाँचगानको रौनकले वडामा कुनै ठूलो परियोजनाको शुभराम्भ भइरहेको अनुभूति गराउँथ्यो ।

प्रत्येक काममा विवादित हुन मन पराउने मेयरले अहिलेसम्म नगरपालिकाको योजना पास गराउन सकेका छैनन् । भर्खर भारतबाट स्वास्थ्य उपचार गरेर फर्केका मेयरको पछिल्लो गतिविधिले बेलकोटवासीलाई मात्र हसाएका छैनन्, यो कार्यक्रमको दृश्य हेर्ने जोकोही पेट मिचिमिची हाँस्छन् ।

यो दृश्य हेरेर तपाईं पनि हाँस्ने कि ?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *