अर्थ

राष्ट्र बैंकले असोज पहिलो साताबाट नयाँ नोट सटहीको व्यवस्था गर्ने, कहाँ पाइन्छ सटहीको सुविधा ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले असोज ४ गतेबाट दशैंका लागि नयाँ नोट सटहीको व्यवस्था मिलाएको छ ।

राष्ट्र बैंकका अनुसार दशैंका लागि नयाँ नोट दिने व्यवस्था असोज ४ गतेबाटै शुरु हुनेछ । केन्द्रीय बैंकका अनुसार काठमाडौं उपत्याकाभित्र इजाजतपत्र पाएका बाणिज्य बैंकको तोकिएको शाखा कार्यालयबाट नयाँ नोट सटही हुनेछ ।

काठमाडौंबाहिर भने राष्ट्र बैंकको प्रदेश कार्यालयहरुबाट नयाँ नोट सटही गर्न सकिने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । उपत्याकाबाहिर समेत अन्य वैकका शाखा कार्यालयहरुबाट समेत सटही गर्न सकिने व्यवस्था मिलाएको सूचनामा उल्लेख गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *