समाचार

पाँचसय ३४ कैदीको कैद मिनाहा गर्ने सरकारको निर्णय

काठमाडौं । संविधान दिवसको अवसर पारेर सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ५० प्रतिशत कैद भुक्तान गरेका ५ सय ३४ जनाको कैद मिनाहा र ७ जनालाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले संविधान दिवस पारेर कैद मिनाह र आममाफी दिने निर्णय गरेको हो । मुलुकी अपराध संहिता अनुसार जेलमा रहेका कैदीहरुको कैद मिनाह गर्नसक्ने व्यवस्था गरेको हो ।

फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ अनुसार जन्मकैद, भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, संगठित अपराध, सम्पत्ति शुद्धीकरण, मानवताविरुद्ध अपराध, राज्यविरुद्धको अपराध, तेजाव अपराधसम्बन्धी कसुरमा दोषी ठहर भएकाहरुलाई भने माफी तथा कैद मिनाह गर्न मिल्दैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *