समाचार

प्रचण्डलाई वेचैन पार्ने तीन तत्व

काठमाण्डाैं।नेकपा माअेावादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अचेल निराश देखिन्छन । महिना दिन यता उनकाे अभियब्यक्तिलाई नियालेर हेर्दा उनमा निराशा उत्पन्न भएकाे देखिन्छ।

गत महिना मात्र अध्यक्ष दाहालले अब संस्मरण लेख्ने बताए। उनले किताव लेखेर बस्ने किन बताए ? भनेर खुव चर्चा भयाे। तर,भाषणमा उनले जति भने त्याेभन्दा बढ्ता ब्याख्या भएन । उनी भने यतिमा राेकिएनन। यसपछि अध्यक्ष प्रचण्डले झन मार्मिक र डरलाग्दाे कुरा गरे।उनले भने-सवै जना पद र पैसाप्रति लिप्त हुदैछन,सांसद भएका सवैलाई मन्त्री चाहिएकाे छ। यस्ताे हाे भने याे पार्टी विघटन गराैं। के त प्रचण्डले विघटन के लागि यस्ताे बाेलेका हुन त ? सवाल उठ्याे । खासमा उनले पार्टी पंक्तिलाई धम्क्याएका हुन । जब दलभित्र अनमेल भयाे र समायाेजन सम्भव भएन अनि प्रचण्डले यस्ताे अभिब्यिक्ति दिने गरेकाे उनीसँग लामाे समय काम गरेका नेताहरू बताउँछन।

अध्यक्ष दाहाल यतिमा मात्र राेकिएका छैनन।हालै मात्र उनले अब एक्लाे हुन सक्ने बताए।यहि पारा रहने हाे भने एक दुई बर्षपछि म एक्लाे हुन सक्छु। उनकाे याे पछिल्लाे अभिब्यिक्ति हाे।

नेपाली राजनीति अहिले जहाँ छ,यसमा प्रचण्डकाे याेगदान छ।गणतन्त्र देखि धर्मनिरपेक्षतासम्म माओवादीले उठाएकाे मुद्धा हाे।तर,तिनै पार्टीका सुप्रिमाे किन निराश छन ? किन यति अस्थिर छन ? के उनी यी कुरा सार्वजनिक खपत वा एटेन्सन सिक गर्न गरिरहेका छन ? वा उनी स्वयम वास्तवमै समस्यामा छन ?

साच्चै भन्ने हाे भने प्रचण्ड यतिवेला संकटमा छन।उनकाे दल एक छैन,अनेक हांगामा विभक्त छ। अब उनले चाहेर पनि विप्लवदेखि वैधसम्मलाई समेटन सक्ने अवस्थामा उनी छैनन। सवैभन्दा डरलाग्दाे पक्ष चाहि उनले संघर्ष गरेर ल्याएकाे गणतन्त्र र यसकाे अवयव वाेकेकाे संविधान संकटमा छ। इतिहास साक्षी छ-यदि याे संविधान च्यातियाे भने सवैभन्दा ठूलाे मार प्रचण्डलाई पर्नेछ। यसकारण विभक्त माअेावादी,संकटमा परेकाे संविधान र उनले प्रेरणा मानेकाे पेरूका साइनिङ पाथका नेता गाेन्जालाेकाे निधन। प्रचण्डलाई वेचैन पार्ने यी तीन तत्व हुन।

यसैकारण उनकाे अभिब्यक्तिमा संयमता भन्दा चञ्चलता र भय मिसिएकाे देखिन्छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *